२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

भारतविरुद्ध नेपालले पहिला बलिङ गर्ने

क्याप्शन

एसिसी महिला एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ। 

श्रीलङ्काको डम्बुलामा हुने यो प्रतियोगितामा भारतले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । 

नेपाल र भारतबिचको खेल मंगलबार साँझ ७ :१५ देखि सुरु हुनेछ । 

भारतले यस अघिका दुवै खेल जितेर सेमिफाइनल नजिक पुगिसकेको छ भने मंगलबार नै भएको खेलमा पाकिस्तान युएईलाई पराजित गर्दै सेमिफाइनल नजिक पुगिसकेको छ । 

भारतलाई जितेर मात्र नेपालको सेमिफाइनल यात्रा सहज हुनेछैन भारी अन्तरबाट पराजित गरी पाकिस्तानलाई रन रेटमा पछाडि पारे मात्र नेपाल सेमिफाइनलमा पुग्नेछ । भारतसंग नेपाल पराजित भए पाकिस्तान र भारत सेमिफाइनलमा पुग्नेछन । नेपालले पहिलो खेलमा युएईलाई हराएको थियो । 

नेपाली टोली 

सम्झना खड्का,सीता राना मगर,कविता कुँवर,इन्दु बर्मा (कप्तान),डली भट्ट,रुबिना क्षेत्री,पुजा महतो,कविता जोशी, काजल श्रेष्ठ,सबनम राई, बिन्दु रावल

भारतीय टोली

शफाली वर्मा,स्मृति मानधना (कप्तान),दयालन हेमलता,जेमिमाह रोड्रिग्ज,सजीवन सजना,ऋचा घोष,दिप्ती शर्मा,अरुन्धती रेड्डी,राधा यादव,तनुजा कंवर,रेणुका सिंह

प्रकाशित: ८ श्रावण २०८१ १९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App