२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

सुरक्षा चिन्तामा पेरिस ओलम्पिक

एक वर्षअगाडि पेरिस ओलम्पिकका प्रमुखले फ्रान्सको राजधानी पेरिस विश्वकै सबैभन्दा सुरक्षित स्थान रहेको प्रतिक्रिया दिएका थिए, जहाँ यसै शुक्रबारदेखि ३३औं गृष्मकालीन ओलम्पिकका खेल सुरु हुँदै छ।

पेरिस ओलम्पिकका प्रमुख टोनी एस्टान्गुएट पेरिसमा कुनै पनि किसिमका खतरा नहुनेमा विश्वस्त थिए र त्यसैले उनी पेरिस विश्वकै सबैभन्दा सुरक्षित स्थान रहेको भविष्यवाणी गर्थे। तर, अहिले पेरिसमा धेरै सुरक्षा गस्तीहरू खटाइएको छ। यसबाट स्पष्ट हुन्छ कि यसपटकको ओलम्पिकमा कति चुनौती छ। फ्रेन्च प्रहरीको फौज, लडाकु विमान र आर्मीहरूका परेडले फ्रान्सेली शहर भरिएको छ। पेरिसको सिन नदिका दुवै छेउमा तारजालीका पर्खाल बनाइएको छ, जसले सुरक्षामा चुनौती भरिएको स्पष्ट देखाउँछ।

फ्रान्सको प्रहरी र आर्मीले जुलाई २६ देखि ११ अगस्टसम्म पेरिसमा कडा सुरक्षा अपरेसन चलाउनेछन्। किनकी खेल अप्रत्यासित चुनौती हुन सक्ने आशंका गरिएको छ। यसै पनि यो शहरले लगातार अतिवादीहरूको आक्रमणको सामना गरिरहेको छ। युक्रेन र गाजामा भएका युद्धको असर पनि पेरिससम्म पर्ने अनुमान छ। सन् २०१६ को रियो डी जेनेरियो ओलम्पिक, सन् २०१२ को लन्डन ओलम्पिकमा जस्तै शहरबाहिर कयौं ओलम्पिक पार्क बनाउनुको सट्टा पेरिसमा फरक दृश्य देखिएका छन्।

दुई मिलियन मानिस बसोबास गर्ने राजधानीको मुटुमा कार्यक्रम हुँदै छ र तर कडा सुरक्षा घेरामा। सार्वजनिक स्थानमा केही अस्थायी स्पोटर््स एरिना बनेका छन्। साथै उद्घाटन समारोह हुने सिन नदिका किनारमा कयौं किलोमिटरसम्म सुरक्षा व्यवस्था कडा पारिएको छ। ओलम्पिक आयोजकका लागि अर्को चिन्ताको विषय हो, साइबर आक्रमण। मानव अधिकारवादी र खेल आयोजनाका आलोचकले पनि पेरिस ओलम्पिकमा एआई निगरानी, प्रविधिको प्रयोग र ओलम्पिक सुरक्षाको व्यापक दायराबारे चिन्ता व्यक्त गरेका छन्।

१० हजार पाँच सय खेलाडी र लाखौ पाहुनाको सुरक्षाका लागि आयोजकले के गरिरहेको छ भन्नेबारे विश्वभर चासो पनि बढीरहेको छ। पेरिस ओलम्पिकका लागि ४५ हजार प्रहरी र १० हजार आर्मी तैनाथ छन्। दोस्रो विश्व युद्धपछि पहिलो पटक पेरिसमा यति ठूलो सैन्य शिविर स्थापना भएको हो। ३० मिनेटभित्र नै जुनसुकै ओलम्पिक खेल स्थलमा सैन्य टोली पुग्नेगरी सुरक्षा व्यवस्था तयार भएका छन्।

पेरिस ओलम्पिकका प्रमुख टोनी एस्टान्गुएट पेरिसमा कुनै पनि किसिमका खतरा नहुनेमा विश्वस्त थिए र त्यसैले उनी पेरिस विश्वकै सबैभन्दा सुरक्षित स्थान रहेको भविष्यवाणी गर्थे। तर, अहिले पेरिसमा धेरै सुरक्षा गस्तीहरू खटाइएको छ। दोस्रो विश्व युद्धपछि पहिलो पटक पेरिसमा यति ठूलो सैन्य शिविर स्थापना भएको हो।

प्रकाशित: ८ श्रावण २०८१ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App