२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको सेमिफाइनलमा प्रतिद्वन्द्वी किर्गिस्तान

नेपालले माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको छ।

माले सिटीस्थित सोसल सेन्टरमा भएको लिगको अन्तिम खेलमा शनिबार श्रीलंकाले किर्गिस्तानमाथि ३–२ ले रोमाञ्चक जित निकालेपछि नेपालले सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो। 

लिगमा अपराजित श्रीलंका तीन खेल जित्दै आठ अंक जोडेर शीर्ष स्थानमा रह्यो। दुई जित र एक हारबाट पाँच अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा रह्यो। एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अंकसहित तेस्रो भयो। सबै (तीन) खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो र सेमिफाइनलमा श्रीलंकालाई प्रतिद्वन्द्वीका रूपमा पायो ।

लिगमा पहिलो स्थानको श्रीलंका र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल खेल्ने तय भएको हो। दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाइनल हुनेछ। दुवै समिफाईनल खेल सोमबार हुनेछन् । 

नेपाल र किर्गिस्तानबीचको दोस्रो सेमिफाइनल खेल राती स्थानीय समय ८ः३० तथा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलंकासँग ३–१ ले हार बेहोरेको थियो। 

लिग चरणमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा नै पराजित भएको थियो। नेपालसामू सेमिफाइनलमा त्यो हारको बदला लिने अवसर छ।

प्रकाशित: ७ श्रावण २०८१ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App