२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

एसिसी महिला एसिया कप : पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट गुमायो

एसिसी महिला एसिया कप अन्र्तगत पाकिस्तानविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएको छ  ।  

चौथो विकेटको रुपमा नेपालले रुविना क्षेत्रीलाई गुमाउन पुगेको हो । उनी ८ रन बनाएर आउट भईन । रुविना ९ दशमलब २ ओभरमा आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो। 

यस अघि पहिलो ओभरमा सम्झना खड्का ४ रनमा तथा चौथो ओभरमा कविता कुवँर र कप्तान इन्दु बर्मा आउट भएका थिए । नेपालकी कप्तान इन्दु बर्मा  ० रनमा तथा र कविता कुँवर  १३ रन बनाएर आउट भएका हुन ।  

ताजास्थीतीमा नेपालले १२ ओभरमा ४  विकेट गुमाएर  ५४  रन बनाएको छ । सिता रानामगर र पुजा महतो क्रिजमा छन। श्रीलंकाको दम्बुलामा भइरहेको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो।  

प्रकाशित: ६ श्रावण २०८१ २०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App