२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

महिला भलिबलमा नेपाल रसियासँग पराजित

मैत्रीपूर्ण महिला भलिबल खेलमा नेपाल रसियासँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार सम्पन्न खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसियाले नेपाली टोलीलाई २५-१७,२५-१९,र २५-१५बाट हरायो ।काभा नेसन्स लिगको  तयारी स्वरुप खेलिएको यी दुईबिचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।  

नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । 

काभा नेसन्स लिग साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुनेछ ।काभा नेसन्स लिगमा‌ नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।

प्रकाशित: ६ श्रावण २०८१ १८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App