२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकप: भारत र अमेरिका भिड्दै, को पुग्ला सुपर ८ मा?

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भारत र अमेरिकाबीच भिडन्त हुँदैछ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा हुने भारत र अमेरिका बीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ। आजको खेलमा जित निकाल्ने टोली सुपर ८ मा पुग्ने छ।

हालसम्म समान २÷२ खेल खेलेको भारत र अमेरिका दुबैले जित निकालेको छ। समूह ‘ए’ मा रहेको अमेरिका नेट रनरेटको आधारमा ४ अङ्कसहित शीर्ष स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

रोहित शर्माको कप्तानीमा रहेको भारतको पछिल्लो खेलमा राम्रो प्रदर्शन नभए पनि उसका बलरहरूले पाकिस्तानविरुद्धको म्याच जिताउन ठूलो भूमिका निर्वाह गरेका थिए।

अमेरिका पनि जारी सिजनमा बलियो दावेदारको रुपमा प्रस्तुत भइरहेको छ। मोनाङ्क पटेलको कप्तानीमा रहेको अमेरिकाले पछिल्लो समय पाकिस्तानलाई हराएको थियो।

आजको खेलमा जित निकाल्दै अमेरिका पनि सुपर ८ मा पुग्न चाहन्छ।

प्रकाशित: ३० जेष्ठ २०८१ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App