२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: ऐतिहासिक खेलमा भारत र पाकिस्तानमध्ये कसले मार्ला बाजी?

आईसीसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज क्रिकेट इतिहासकै सबैभन्दा चर्चित टीमबीच प्रतिस्पर्धा हुँदैछ।

समूह ‘ए’ अन्तर्गत हुने आजको खेलमा भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजे सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान बीचको आजको खेललाई लिएर दुबै देशका समर्थक निकै उत्साहित छन्। तर, आयरल्यान्डविरुद्धको खेलमा कप्तान शर्माको कुममा चोट लागेका कारण उनी मैदान उत्रने वा नउत्रने टुङ्गो लागिसकेको छैन।

भारत र पाकिस्तान बीचको क्रिकेटलाई सँधै फरकरुपले क्रिकेट जगतका दिग्गजहरूले पनि लिने गरेका छन्।

जारी प्रतियोगितामा भारतले एक खेल खेल्दा जित हात पारेको छ भने पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ। आजको खेलमा दुबै टोलीले एक अर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रने छन्।

ओभरअल हेड टु हेडमा टी ट्वान्टी अन्तर्गत दुबै देशबीच १२ खेल भएका छन्। जसमा भारतले ८ मा जित निकालेको छ भने पाकिस्तानले जम्मा ३ खेल जितेको छ। एक खेल बराबरीमा टुङ्गिएको थियो।

यस्तै न्यूट्रल भेन्युमा हेड टु हेडमा टी ट्वान्टी अन्तर्गत भएको ९ खेलमध्ये भारतले ६ मा जित निकालेको छ भने पाकिस्ताले जम्मा २ खेलमा जित हात पारेको छ। एक खेल बराबरी हुँदा बल आउटमा भारतले जितेको थियो।

प्रकाशित: २७ जेष्ठ २०८१ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App