१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

मछिन्द्रलाई हराउँदै हनामी चितवन सेमिफाइनलमा

कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी प्रथम तिलौराकोट गोल्ड कपमा मछिन्द्र एफसी पहिलो चरणबाटै बाहिरिएको छ।

हनामी बीएफसी चितवनसँग सडन डेथमा पराजित हुँदै मछिन्द्र बाहिरिएको हो। आइतबार कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको खेलमा मछिन्द्र एफसीलाई सडन डेथमा ५−४ गोल अन्तरले हराउँदै हनामी बीएफसी सेमिफाइनलमा प्रवेश गरेको हो।

पराजित भएसँगै मच्छिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ। निर्धारितमा समयमा गोलरहित बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो।

हनामीका लागि अभिषेक महतो, नेपोल्डन, सुजित बुढाथोकी, आशिष् सुमन, भविन्द्र मल्लले गोल गरे। राम शाही, अनिल खड्का र अमृत श्रेष्ठले भने गोल गर्न असफल रहे।

मछिन्द्रका लागि विशाल तामाङ, चन्द दास, छिरिङ लामा र आशिष् श्रेष्ठले गोल गरे। विमल घर्तीमगर, विजय भुजेल, पासाङ लामा र अजय चौधरीले भने गोल गर्न सकेनन्।

हनामी बीएफसीका लागी गोल रक्षक भविन्द्र मल्ल नायक बने। भविन्द्र नै म्यान अफ द म्याच घोषित भए। उनले ट्रफ्रीसहित नगद १० हजार प्राप्त गरे।

सोमबार नेपाल पुलिस र साहारा क्लब पोखराबिच प्रतिस्पर्धा हुने आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए।

प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

थ्री स्टार क्लब कपिलवस्तु ११ लाई ३–० गोल अन्तरले हराउँदै शनिबार नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। 

प्रकाशित: १८ चैत्र २०८० २२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App