१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

नेपालद्वारा गुजरात ९८ रनमै अलआउट

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातलाई ९८ रनमै अलआउट गरेको छ।

आइतबार भारतको वापीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै गुजरातलाई ब्याटिङमा बोलाएका थिए। गुजरातले १८.२ ओभरको खेलमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। याेसँगै नेपालले जितका लागि ९९ रनको सामान्य लक्ष्य पाएको छ। 

गुजरातका लागि रुद्ध पटेलले सर्वाधिक २२ बलमा २३ रन बनाए। हेमंग पटेलले २३ रनमा २० रनको योगदान दिए। बाँकी बलरले उत्कृष्ट ब्याटिङ गर्न सकेनन्।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए। करन केसीले ३ विकेट र सोमपाल कामीले एक विकेट लिए।

प्रकाशित: १८ चैत्र २०८० १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App