१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

दौड प्रतियोगितामा जुम्लाका धावकको वर्चस्व

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको ‘रन फर युनिटी’ मा जुम्लाका धावकहरुले वर्चस्व कायम गरेका छन्।

नेपाली सेनाले आयोजना गरेको दौड प्रतियोगीताका विभिन्न विधामा जुम्लाका धावकहरुले उपाधिमाथि कब्जा जमाएका हुन्।

२१ किलोमिटर, १० किलोमिटर पुरुष र पाँच किलोमिटर महिलातर्फ जुम्लाबाट सहभागी धावकले उपाधिमाथि कब्जा जमाए। 

२१ किलोमिटर दौडतर्फ जुम्लाका धावक दलबहादुर कुँवर प्रथम भए। उनले २१ किलोमिटरको दूरी एक घण्टा आठ मिनेटमा पूरा गरे।

यस्तै द्वितीय सन्तोषनाथ योगी भए। उनले २१ किलोमिटरको दूरी एक घण्टा ११ मिनेटमा पूरा गरे भने तृतीय भएका आशिष् गुरुङले एक घण्टा १२ मिनेटमा पूरा गरे।

यस्तै १० किलोमिटर पुरुषतर्फ जुम्लाका वीरबहादुर रोकाय प्रथम भए। उनले १० किलोमिटरको दूरी ३१ मिनेट चार सेकेण्डमा पूरा गरे। यस्तै द्वितीय भएका सन्तोष नेपालीले ३२.०७ मिनेटमा पूरा गरे भने तृतीय भएका अक्कल बुढाले ३२.४४ मिनेटमा पूरा गरे।

पाँच किलोमिटर छात्रातर्फ जुम्लाकी कल्पना बुढा प्रथम भइन्। उनले पाँच किलोमिटरको दूरी १९ मिनेट ३ सेकेण्डमा पूरा गरिन्।

छात्रातर्फ विमला कार्की द्वितीय भइन्। उनले १८ मिनेट २१ सेकेण्डमा पूरा गरिन्। तृतीय भएकी उर्मिला खनालले पनि समान समयमा दूरी पूरा गरिन्।

छात्र तर्फ अजय विक प्रथम भए। उनले १५ मिनेट ३० सेकेण्डमा दूरी पूरा गरे। दीपेन्द्र बोहरा छात्रतर्फ द्वितीय भए। उनले १६ मिनेट २० सेकेण्डमा दुरी पूरा गरे।

यस्तै तृतीय भएका सुजन विकले १६ मिनेट २० सेकेण्डमा पाँच किलोमिटर दूरी पार गरे। छात्रतर्फ द्वितीय भएका बोहोरा जुम्लाका हुन्।

१० किलोमिटर महिलातर्फ आशा रावल पहिलो भइन्। उनले ३७ किलोमिटर २८ सेकेण्डमा दूरी पार गरिन्। द्वितीय भएकी समिता बुढाले ३७ मिनेट ३३ सेकेण्डमा दुरी पूरा गरिन्। तृतीय भएकी राज्यलक्ष्मी रावलले ३९ मिनेटमा दुरी पार गरिन्। राज्यलक्ष्मी जुम्लाकी हुन्।

पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, पाँच हजार र तीन हजार, १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र पाए भने २१ किलोमिटर दौडमा प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ पुरस्कार र प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रममा नेपाली सेनाले सैनिक सामग्री तथा फोटो प्रदर्शनीको पनि आयोजना गरेको थियो। 

कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: १२ फाल्गुन २०८० १९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App