१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

नामिबियासँग नेपाल २ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल नामिबियाँसग पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको दोस्रो खेलमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले राम्रो प्रदर्शन गर्दै नेपालमाथि २ विकेटले जित हात पारेको हाे।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर पनि खेल्न सकेन। ५० ओभरमध्ये ३७ दशमलव १ बल खेल्दै नेपालले सबै विकेट गुमाएर १६८ रन मात्रै बनाउन सक्यो।

नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। 

नामिबियाका लागि कप्तान गेरहार्ड इरास्मसको ५२ रन बनाए। जोहन्सन स्मिथले ३४ रनको अविजित पाली खेले।

कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिदाँ कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समान एक/एक विकेट हात पारे।

नेपालका लागि आसिफ शेखले ५८ रन बनाएको इनिङ्समा कुशल मल्लले ३६ र भिम सार्कीले २६ रनको योगदान दिए। 

नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किए। अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएका हुन्।

ओपनर कुशल भुर्तेलले १८ रन बनाए। करन केसी १२, दिपेन्द्र सिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट भए।

यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। 

नेपालले प्रतियोगिता अन्तर्गत घरेलु मैदानमा नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्नेछ।

प्रकाशित: ९ फाल्गुन २०८० १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App