१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध भिम सार्कीको पनि अर्धशतक, अनिलसँग शतकीय साझेदारी

क्यानडाविरुद्ध जारी तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय९ओडिआई०मा नेपाली मध्यक्रमका ब्याटर भिम सार्कीले पनि अर्धशतक पूरा गरेका छन् । उनले  ७८ बलको सामना गरी अर्धशतक पूरा गरेका छन् ।  

यसअघि ओपनर ब्याटर अनिलकुमार साहले सिरिजमा लगातार दोस्रो अर्धशतक पूरा गरेका थिए । उनी अहिले व्यक्तिगत ७४ रनको स्कोरमा खेलिरहेका छन् ।  

यो सँगै दुबैबीचमा शतकीय साझेदारी पनि पूरा भएको छ ।  

२३३ रनको लक्ष्य पछ्याएको नेपाल अहिले ३१ ओभरको खेल चलिरहँदा १४७ रनको सहज स्थितीमा छ । आजको खेल जिते नेपालले तीन खेलको श्रृंखला ‘क्लिनस्वीप’ गर्नेछ ।

प्रकाशित: २९ माघ २०८० १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App