१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

क्यानडाविरुद्धको सिरिज क्लिनस्वीप गर्न नेपाललाई २३३ रनको लक्ष्य

क्यानडाविरुद्ध तीन खेलको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट शृंखला अन्तर्गत अन्तिम खेल जित्न नेपालले २३३ रनको लक्ष्य पाएको छ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २३२ रन जोडेपछि नेपालले २३३ रनको मध्यम लक्ष्य प्राप्त गरेको हो।

क्यानडाका तर्फबाट ओपनर नवनीत धलिवालले सर्वाधिक ५० रन जोडे। यसबाहेक निखिल दत्ताले ४५ रन, कप्तान साद बिन जाफरले ३१ रन, हर्ष ठाकरले २९, श्रेयश मोभ्भाले २५ र श्रीमन्थ विजयरत्नेले २२ रन बनाएका छन्। 

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका हेमन्त धामीले तीन विकेट, कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दले एक÷एक विकेट लिए।

यसअघिका दुई खेल जितिसकेको नेपालले यो लक्ष्य पूरा गरे सिरिज ‘क्लिनस्वीप’ गर्नेछ।

प्रकाशित: २९ माघ २०८० १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App