८ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

मोबाइल चलाइरहेका बेला चट्याङ लागेका युवकको मृत्यु

गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका-५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए। 

उनको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो। रासस

प्रकाशित: ७ वैशाख २०८३ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App