त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भोटेकोशी बाढीमा परी घाइते भएका सात जनाको आईसीयुमा राखेर उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईका अनुसार अस्पतालमा उपचाररत २९ जनामध्ये सात जनाको आईसीयुमा उपचार भइरहेको छ। उपचाररत छ जनालाई डिस्चार्ज गरिएको तथा एक जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए।
अस्पतालका अनुसार आईसीयुमा उपचाररतमा अशोक श्रेष्ठ, बालबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट र महेश्वर शाह रहेका छन्।
त्यस्तै, उपचारपछि डिस्चार्ज हुनेमा गिरीलाल बुढाथोकी, कर्मा योन्जन नगरकोटी, निम दोर्जे शेर्पा, रुपक रोका, सुजन बस्नेत र सुशान्त श्रेष्ठ रहेका छन्। उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको अस्पतालले जनाएको छ।
अन्य घाइतेको अर्थोपेडिक, ईएनटी तथा अब्जरभेसन वार्डमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताउनुभयो।
प्रकाशित: १३ भाद्र २०८३ १२:३९ शनिबार





