१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गर्भवती, सुत्केरी, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर राहत दिन मन्त्रालयको आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रसुवा, नुवाकोटलगायत  क्षेत्रमा आएको बाढीबाट प्रभावित गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको खोज, उद्धार तथा राहत वितरणमा विशेष प्राथमिकता दिन आग्रह गरेको छ। 

मन्त्रालयले शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति  तथा स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा प्रभावितको खोज, उद्धार र राहत वितरणको व्यवस्था मिलाउन सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई अनुरोध गरेको हो। 

मन्त्रालयका अनुसार विपद्को अवस्थामा विशेष संरक्षण आवश्यक पर्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखी उनीहरूलाई आवश्यक पर्ने लत्ताकपडा, डिग्निटी किट, बेबी किटलगायत सामग्री तथा अस्थायी आवासका लागि आवश्यक सामग्री उपलब्ध गराउनुपर्नेछ। 

साथै विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नेपाल रेडक्रस सोसाइटीलगायत मानवीय सहायता क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थालाई प्रभावित परिवारसम्म आवश्यक सहयोग पुर्‍याउन मन्त्रालयले हार्दिक अपिल गरेको छ। 

प्रकाशित: १२ भाद्र २०८३ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App