१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकीको चार करोड

भोटेकोशी बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले रु चार करोड प्रदान गर्ने भएको छ।  

आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जनाएका छन्।

मुख्यमन्त्रीले बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्।

प्रकाशित: १२ भाद्र २०८३ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App