रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयले अपील गरेको छ।
बाढी प्रभावितका लागि भनेर संस्थाहरूले जथाभाबी अनधिकृत क्युआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेको प्रति प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ।
सचिवालयले भनेको छ,‘बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभाबी अनधिकृत क्युआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
यस्तै, सचिवालयले सरकारले उपलब्ध गराएको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ’, सचिवालयले भनेको छ।
सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणहरू निम्न अनुसार छन्ः

प्रकाशित: १२ भाद्र २०८३ १२:१२ शुक्रबार


-600x400.jpg)


-600x400.jpg)