दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।
चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १:१३ मिनेट (नेपाली समय अनुसार बिहान १०:५८ मिनेट) मा सिचुआनको लोङचाङ सहरमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्प १३ किलोमिटर गहिराइमा गएको सीईएनसीले जनाएको छ।
हालसम्म भूकम्पबाट भएको क्षति वा मानवीय हताहतीबारे थप विवरण सार्वजनिक नभएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित: १२ भाद्र २०८३ १२:१९ शुक्रबार




-600x400.jpg)
