१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘पार्वती’ को पहिलो दिनको कमाइ बाढी प्रभावितलाई

 सामाजिक कथावस्तुमा आधारित अभिनेत्री नीता ढुंगानाको अभियन तथा डेब्यु निर्देशन रहेको चलचित्र ‘पार्वती’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ।  

देशमा विपत्तिको अवस्था आएको समय अभिनेत्री नीताले यस चलचित्रबाट पहिलो दिनको सम्पूर्ण बक्सअफिस कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको  बताएकी छन्। निर्मात्री समेत रहेकी नीताले यसअघि उनले व्यक्तिगत रूपमा पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रूपैयाँ सहयोग गरिसकेकी छन्।

विपत्तिको समयमा चलचित्रमार्फत पनि सहयोग गर्न सकियोस् भनेर पहिलो दिनको कमाइ बाढी प्रभावितलाई राहतमा दिने निर्णय गरिएको नीताले बताइन्।

हरिहर अधिकारी निर्माता रहेको चलचित्रमा नीताले अटिजम भएकी पात्रको भूमिका निभाएकी छन्। नीताका साथमा अशोक दर्जी, दीपाश्री निरौला, राज पंगेनी, शिरू विष्ट, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ। 

प्रकाशित: १२ भाद्र २०८३ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App