२३ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

काठमाडौंको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार एक युवकको हत्या भएको छ।

बुधबार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

'धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ। प्रहरीले चाँडै पक्राउ गर्ने छ।', उनले भने। प्रारम्भिक जानकारीअनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App