२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री बानियाँको सभापतित्वमा बैठक: आफूमाथि निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि निष्पक्ष र न्यायोचित रूपमा छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री बानियाँको सभापतित्वमा प्रदेश सुशासन केन्द्र जावलाखेलमा मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरणका विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३र८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गर्ने  निर्णय भएको प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए।  

प्रकाशित: २२ वैशाख २०८३ १७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App