२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

गुलशन एक्लैले लिए ओमनको ५ विकेट

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमनविरुद्धको खेलमा गुलशन झाले सानदार प्रदर्शन गर्दै एक्लै ५ विकेट लिएका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा गुलशनको घातक बलिङसँगै ओमनको ब्याटिङ लाइन ध्वस्त भएको छ।

गुलशनले ८.४ ओभरमा मात्र ३७ रन खर्चिएर ५ महत्त्वपूर्ण विकेट लिएका हुन्। उनले ओमनका हसनैन उल वहाब, आर्यन बिष्ट, जितेन रामानन्दी, विनायक शुक्ल र हसनैन शाहलाई पेभिलियनको बाटो देखाउँदै आफ्नो ‘फाइफर’ पूरा गरे।

नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याइरहेको ओमन अहिले पूर्ण रूपमा दबाबमा छ। ताजा अवस्थामा ओमनले ३६.४ ओभरमा ९ विकेट गुमाएर १६१ रन मात्र बनाएको छ। नेपाललाई जितका लागि अब मात्र १ विकेटको आवश्यकता छ।

प्रकाशित: २२ वैशाख २०८३ १६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App