गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा प्रकाश बराल नियुक्त भएका छन्।
यसअघि प्रमुख सचेतक रहेका नन्दप्रसाद न्यौपाने ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा, ११ को उपधारा १ बमोजिम उनलाई नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। बराल यसअघि सचेतकको जिम्मेवारीमा थिए।
प्रकाशित: २२ वैशाख २०८३ १६:१८ मंगलबार




