coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्छ: जीवनराम श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। किड्नीलगायतका अंगहरु फेल भएर बसेकाहरुको पुनर्जन्म हुने भएकाले मृत्य पर्यन्त अंग दान गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाउन उपयुक्त हुने उनको भनाइ थियो।

मारबाडी सेवा समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दान गरिएको अंगहरुले मान्छेको पुनर्जन्म गराउने र उनीहरुको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पुर्‍याउने भएकालेपनि मानव अंग दान अति आवश्यक रहेको स्पष्ट पारे।

मन्त्री श्रेष्ठले भने, ‘हामीसँग निश्चित अंगहरु छन्। ती मृत्य पछि पनि प्रयोग हुँदो रहेछ। र, त्यसलाई प्रयोग गर्न सक्दाखेरी पीडामा रहेकाहरुलाई नयाँ जीवन दिन सकिँदो रहेछ। किड्नी पनि एउटा पक्ष रहेछ। यदि हामीले हाम्रा किड्नीहरु, कलेजोहरु हामीले मृत्यु पछि दिन सक्छौं। र, त्यो दिएको कुराहरुले अर्को मान्छेलाई हामीले पुनर्जीवन दिन सक्छौं। त्यो कामलाई हामीले व्यापकता दिन सक्यौं भने त्यो हामीले धेरै ठूलो सेवा गर्न सक्ने, पुनर्जन्म दिन सक्ने मानवीय सेवा हुँदो रहेछ। मानव अंग दान गर्ने अभियानको रुपमा लैजान सक्याैं भने तन्दुरुस्त मान्छेको रुपमा पनि हामीले अगाडि बढाउन सक्छौं। त्यो काममा लाग्नु पर्दछ।’

मन्त्री श्रेष्ठले अंग दान गरेर अरुको जीवन दान गर्नु ठूलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने बताए। त्यस अवसरमा उनले मानवीय सेवाको क्षेत्रमा मारबाडी समुदायले खेल्दै आएको भूमिकाको पनि चर्चा गरेका थिए। 

प्रकाशित: १५ कार्तिक २०७९ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App