३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बैंकर अनिलकेशरी शाहको सुझावः अरूको सन्देश पनि सुन्नुस्, तर निर्णय आंफै गर्नूस

पोखराको प्रतिभा माविको आयोजनामा भएको कार्यक्रममा बोल्दै बैंकर अनिलकेशरी शाह। तस्बिरः नागरिक

माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरेपछि विभिन्न विद्यालयमा ११ कक्षामा भर्ना हुने विद्यार्थीको यतिबेला दौडधुप छ। कुन विषय लिएर कहाँ पढ्ने भन्ने दोधारमा यतिबेला कतिपय विद्यार्थी पनि छन। बेलैमा सही विषय छान्न नसक्दा कतिपय विद्यार्थीले सकस पनि खेप्दै आएका छन्।  

यस्तै अन्योलमा रहेका विद्यार्थीलाई बैंकर अनिलकेशरी शाहको सुझाव छ–यो बेला सही कुरा र विषय सोच्नुस, ढोका चुन्ने अवसरबाट बञ्चित नहुनुस्।’ शाहका अनुसार कतिपय विद्यार्थीले ज्ञानलाई झोलामा मकै जस्तै हालेका छन। कतिपयले त्यो मकैको महत्व चिन्दैनन। केहीले पाएको मकै खान्छन भने कतिपयले सुरक्षित राख्छन्। यस्तै अवस्थामा रहेका विद्यार्थीले यो बेला सही निर्णय गर्न सक्नुपर्छ।

पोखराको प्रतिभा मावीले शुक्रबार आयोजना गरेको कार्यक्रममा शाहले थप सुझाव थियो–पढ्न नपाएका व्यक्तिका लागि पनि पढ्न पाउनेले पढिदिनुपर्छ।’ उनका अनुसार कतिपयले पढ्न पनि पाएका छैनन। पाउनेले पनि दुखका साथ पढेका छन। पानी पर्दा सुकुलमा बसेर पढ्नुपर्छ । त्यसबाहेक कतिपयले पेट पाल्ने चिन्तामा रहँदा पढ्न पाएका छैनन्। धेरै युवा परिवार पाल्नका लागि खाडिमा पुगेर मेहनत गरेका छन। त्यसैले आफुलाइ र परिवारका लागि मात्र नभई पढ्न नपाएका ब्यक्तिका लागि पनि पढिदिनुपर्छ।’  

बैंकमा आफुले जागिर सुरु गरेदेखि तीनदशक अवधिमा भोगेको झन्झट र आफुप्रतिको अविश्वासलाई पनि उनले त्यही बेला सुनाए। शाह भन्छन, ‘अबको समय यस्तो आयो, तपाईको घर कहाँ हो भनेर कसैले सौध्दैन, तपाईले के गर्नुभयो भनेर सोध्नेछन। त्यसैले लक्ष्य समात्नुस। आफुले ३१ वर्षे बैंकिङ करियरमा दिनमा १२ घन्टा बैंकमा काम गरेको अनुभव सुनाए। ‘३१ वर्षसम्म मेरो दैनिकी एउटै थियो। त्यसैले लक्ष्य समात्नुस। म के काम गर्छु भन्न नसक्नेले कतै पनि सफलता पाउदैन।’ उनले अरुको सन्देश सुन्ने, तर निर्णय आफै गर्नुपर्ने भनेर विद्यार्थीलाई सुझाएका थिए।

‘अभिभावक र गुरुको सन्देश सुन्नुस तर निर्णय आफै गर्नुस,’ शाहले भने, ‘के गर्दा राम्रो हुन्छ भनेर सोच्नुस। आफ्नो जिन्दगीको बारेमा आफै निर्णय गर्नुस।’ आफुले अध्ययन र जागिरको क्रममा बेलाबेला दोधार अवस्था आईपर्दा आफैले निर्णय गरेको भनेर उनले अनुभव बाँडेका थिए। ‘बुबाआमालाई एकपट सल्लाह लिन्छु त भन्थे, तर, सोध्दै नसोधि आफै निर्णय लिन्थे,’ उनले भने, ‘त्यसैले आफुभित्र विश्वास हुनुपर्छ।’  

कार्यक्रममा प्रतिभा माविका निर्देशक किरण सापकोटाले विद्यार्थीले ११ र १२ कक्षा राम्रोसँग अध्ययन गरेर जिवनको बाटो तय गर्न विद्यार्थीलाई  सुझाए। ‘११ र १२ कक्षालाई भविश्यको माध्यम बनाउनुपर्छ। भविश्य कता लैजाने भनेर यहीबेला निर्णय गर्ने हो,’ उनले भने। उनले प्रतिभा माविले भविश्यमा पोखरामै प्रतिभा स्पोर्ट्स एकेडेमि बनाउने तयारी भएको जानकारी दिए। त्यस्तै बिबिए, इन्जिनियरिङ लगायतका कक्षा पनि संचालनको तयारी गरिरहेको जानकारी दिए उनले विद्यार्थीको भविश्य उज्जवल बनाउन जस्तोसुकै काम गर्न पनि तयार रहेको बताए।  

प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको भविश्य उनीहरु आफैले तय गर्ने भएकोले त्यही अनुसार अध्ययन गर्न सुझाए। शिक्षाको गुणस्तरलाई अब्बल बनाउन विद्यालयले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष पौडेलले बताए। कार्यक्रममा गायक प्रकाश दूतराज लगायत विद्यार्थीले सांस्कृतिक कार्यक्रम पनि पस्केका थिए। यो विद्यालयमा मन्टेश्वरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ। यहाँ ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनमा अध्यापन हुन्छ। यो विद्यालयले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान पनि गर्दै आएको छ।

प्रकाशित: ३ भाद्र २०७९ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App