काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन्। सोमबार बिहान एकै परिवारका चार जना मृत भेटिएकाे काठमाडौंका प्रहरी प्रमुख भरत बोहोराले जानकारी दिए।
गोरखा भिमसेन गाउँपालिका ६ बोर्लाङ नारानपुर स्थाइ घर भइ काभ्रेस्थली बस्दै आएका एकैपरिवारका बाबु, आमा र छोराछोरी मृत भेटिएकाे उनले बताए।
मृतकहरू ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेकाे प्रहरीले जनाएकाे छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश राज मैनालीको टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ श्रावण २०७९ ०७:५६ सोमबार