coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा कोभिड-१९ विरुद्धको खोप लगाएको एक घण्टा नबित्दै मृत्यु

धादिङमा कोभिड-१९ विरुद्धको खोप लगाएको एक घण्टा नबित्दै एक जनाको मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौलाबजारका ७८ वर्षीय नरबहादुर श्रेष्ठको ‘जोनसन’ खोप लगाएको केहीबेरमा मृत्यु भएको हो।  

खोप लगाउन आफै हिँडेर सुनौलाबजार स्वास्थ्य चौकी पुगेका नरबहादुरले शुक्रबार बिहान साढे ११ बजे जोनसन एन्ड जोनसन खोप लगाएका थिए। खोप लगाएको करिब आधा घण्टापछि उनी खोप केन्द्र नजिकै घरमा पुगे। खोप लगाएको ५० मिनेटमा १२ः२० मा एक्कासी ढलेका उनी व्युतिएनन्।

‘खोप लगाएको ५० मिनेटमा लक्ष्यण देखिएपछि उपचारका लागि अस्पताल ल्याउँदा मृत्यु भयो, के कारणले मृत्यु भयो भन्ने अवस्था छैन,’ प्रमुख पौडेलले भने, ‘घटनाकाे बारेमा माथिल्लो तहमा जानकारी गराइएका छौँ, अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ।’    

मृतकका छोरा मरिचमान श्रेष्ठका अनुसार खोप लगाएर घर फर्केपछि बुबा एक्कासी ढलेका थिए। ‘बुबालाई खोप लगाएर ३० मिनेट खोप केन्द्रमै बसेपछि घर फर्केका थियौँ, घरमा आएर बस्न लाग्दा लाग्दै एक्कासी ढल्नुभयो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्य चौकी लग्यौँ त्यहाँ नभएपछि एम्बुलेन्सबाट धादिङ अस्पतालमा ल्याएका थियौँ।’ अस्पतालमा ल्याउँदा बुबाको मृत्यु भइसकेको बताएका थिए। उनले सुगरको औषधि खाइरहेका थिए।

खोपकै कारण हो वा अन्य कुनै कारणले मृत्यु भएको सोबारे अनुसन्धानपछि मात्र खुल्ने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताए। ‘खोप लगाएको ५० मिनेटमा लक्ष्यण देखिएपछि उपचारका लागि अस्पताल ल्याउँदा मृत्यु भयो, के कारणले मृत्यु भयो भन्ने अवस्था छैन,’ प्रमुख पौडेलले भने, ‘घटनाकाे बारेमा माथिल्लो तहमा जानकारी गराइएका छौँ, अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ।’  

धादिङमा शुक्रबारदेखि जोनसन एन्ड जोनसन खोप अभियान सुरु गरिएको छ। नीलकण्ठ नगरपालिकाको ९ वटा ठाउँमा खोप लगाइएको छ। पहिलो डोज खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरु, नेपालमा बस्ने शरणार्थी, खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई खोप लगाउन अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित: ८ श्रावण २०७८ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App