२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
खेल

नेपाल भर्सस स्कटल्याण्ड : यस्तो छ हेड–टु–हेड

घरेलु मैदानमा मंगलबारदेखि नेपाल स्कटल्याण्ड र सयुक्त राज्य अमेरिकाबीच आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिज हुँदैछ।

यस सिरिज अन्तर्गत घरेलु टोली नेपालले आज पहिलो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। किर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुन लागेको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

लिगमा स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा छ भने नेपाल सातौँ स्थानमा छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट(ओडिआई)मा नेपाल र स्कटल्याण्डबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ। १० खेलमा नेपालले ५ पटक नतिजा आफनो पक्षमा पारेको छ भने स्कटल्याण्डले नेपाललाई  ४ पटक हराएको छ। यी दुई टोलीले १ खेलमा अंक बाडेका छन्।

जारी लिगमा स्कटल्याण्ड सुरक्षित स्थानमा छ भने नेपाललाई अब हुने सबै खेल जित्नुपर्ने दबाब छ। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले स्कटल्याण्डलाई हराउने लक्ष्य लिएर मैदान उत्रिनेछ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी।

प्रकाशित: २९ वैशाख २०८३ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App