१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

सिरहाको गोलबजारमा कर्फ्यूकै बीच गोली चल्यो : गणेश यादवको मृत्यु, सेना परिचालनपछि अवस्था तनावग्रस्त

सिरहाको गोलबजारमा कर्फ्यू आदेश जारी रहेका बेला भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि गोलबजार क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ भने स्थानीय प्रशासनले सेना परिचालन गरेको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोली लागेर मृत्यु हुने व्यक्ति गणेश यादव रहेका छन्। दुई पक्षबीचको विवाद उग्र बन्दै गएपछि झडप भएको र त्यसक्रममा गोली चलेको छ । घटनापछि गोलबजार तथा आसपासका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रशासनले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहको पछि नलाग्न, कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८३ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App