२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय पोसाकको उपेक्षा र राष्ट्रपतिको बिदाइमा प्रधानमन्त्रीको अनुपस्थितिलाई स्वाभाविक मान्न सकिँदैन : थापा

राप्रपाका नेता कमल थापाले औपचारिक तथा राष्ट्रिय समारोहहरूमा राष्ट्रिय पोसाकको उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूले राष्ट्रिय पोसाक नलगाउनु परिवर्तन वा क्रान्तिकारिताको हुन नसक्ने बताएका छन्।

'औपचारिक वा राष्ट्रिय समारोहहरूमा प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूले राष्ट्रिय पोसाकको उपेक्षा गर्नु परिवर्तन वा क्रान्तिकारिता होइन र हुन सक्दैन,' उनले सामाजिक सञ्जालमा लेखे।

थापाले संघीय संसद्मा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा तथा राष्ट्रपतिको बिदाइका अवसरमा प्रधानमन्त्री अनुपस्थित भएको विषय पनि अस्वाभाविक र अनुचित भएको टिप्पणी गरेका छन्।

उनले भने, 'संघीय संसद्‌मा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा र राष्ट्रपतिको बिदाइका अवसरमा प्रधानमन्त्री अनुपस्थित हुनुलाई कदापि स्वाभाविक एवं उचित मान्न सकिँदैन।'

प्रकाशित: २९ वैशाख २०८३ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App