८ वैशाख २०८१ शनिबार
समाज

भिसी तुलबहादुरको नाममा बेलायतमा रेलवे सेवाको शुभारम्भ

बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण गरेको छ।

बुधबार बिहान ग्रेट वेस्टर्न रेलवेले लण्डनको प्याडिङटन स्टेशनमा आयोजित शुभारम्भ कार्यक्रमको स्वर्गीय पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले उदघाट्न गरेका थिए। गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका भिसी पुनको सम्मानमा रेल सेवाको नामकरण गरी बुधबारदेखि नै सेवा सुरू भएको छ।

दोस्रो विश्वयुद्व समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा उक्त नामाकरण गर्न लागिएको ग्रेट वेष्टर्न रेलवेको घोषणा गरिएको ग्रेट वेष्टर्न रेलवेले जनाएको छ।

नामाकरण समारोहमा बेलायती अभिनेत्री जोअना लुम्लेले महान व्यक्तिको नाममा गरिएको नामाकरणले उत्साहित भएको लुम्लेको भनाइ साभार गर्दै एनआरएनए यूकेका निर्वतमान अध्यक्ष योगकुमार फगामीले बताए। ‘बेलायतीको सुरक्षामा भिसी पुनको योगदानको चर्चा गर्नुभयो, नामाकरणले योगदानको मुल्याङ्कन भएको छ’ लुम्लेले भनिन्।

उनले एकदशक अगाडि भिसीको जन्मगाउँमै पुगेर बेलायती जनताको हृदयमा सधैं स्थान पाउने एउटा निष्ठावान् कमाण्डर, बेलायतीको महानायक भएको घोषणासमेत गरेकी थिइन्। गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोर्खालीहरूबाट मेहनत, सहकार्य र आत्मियता सिक्ने अवसर मिलेको बताए।  

ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले बेलायतमा योगदान गरेका व्यक्तिहरुको सम्मानमा सधंै समय खर्चिने बताइन्।

उद्घाटन समारोहमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयर, गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले चर्चा गरेका थिए। पुनले भिक्टोरिय क्रस पाउँदा २१ वर्षका थिए। गोरखा सैनिकले हालसम्म १३ वटा भिक्टोरिया क्रस प्राप्त गरेका छन्।

भिसी पुनको अवकासपछि म्याग्दीमा खानेपानी, खेलमैदान, विद्यालय भवनलगायत दर्जनौं योजनामा समेत काम भिसी तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति रहेको छ। बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिएका तुलतबादुर २० वर्षको उमेरमा भर्ती भएका थिए। उनको सन् २०११ अप्रिल २० मा ९० वर्षको उमेरमा निधन भएको थियो।

गोरखा सैनिकले हालसम्म १३ वटा भिक्टोरिया क्रस प्राप्त गरेका छन्।

प्रकाशित: ९ असार २०७८ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App