coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकारका परिवारको स्वास्थ्य बीमा

पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।  

महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बीमाको शुभारम्भ गरिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बीमाको कागज पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेर बीमा कार्यक्रमको शुभारम्भ गरे ।  

महासंघले आर्थिक अभावमा पत्रकारको परिवार उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले पारिवारिक बीमा गरेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार महासंघको सदस्य रहेको पत्रकार र उनको पाँचजनासम्मको परिवारको पारिवारिक बीमा गरिनेछ । एकलाखको पारिवारिक बीमाका लागि ३ हजार ५ सय रुपैयाँ लाग्ने र सो रकम पोखरा महानगरपालिकाले बेहोर्ने उनले जानकारी दिए ।

बीमा शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सँधै अर्काको दुःखका समाचार लेख्ने पत्रकारको स्वास्थ्यमा आइहालेमा सहजै उपचार होस् भन्ने उद्देश्यले महानगरले सहयोग गरेको बताए । स्वास्थ्य बीमा बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले स्वास्थ्य बीमाप्रति अरुलाईपनि आकर्षित गर्न पत्रकारको पारिवारिक बीमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित: १० चैत्र २०७७ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App