५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गर्भवतीको ज्यान जोगाउन प्लेन चार्टर्ड !

सफल शल्यक्रिया पछि सुत्केरी र छोरीका साथ पति धनराज । तस्बिर : निर्मल/नागरिक

बाजुरा बुढीनन्दा नगरपालिकाका–२ की प्रश्रव पीडामा रहेकी २८ वर्षीया लक्ष्मी अधिकारी कार्की एक्कासी एम्बुलेन्समा मंगलबार दिउँसो बर्दिया जिल्ला पुग्दा अस्पतालमा सन्नाटा छायो । एैया आथ्थु गर्दे गर्भवती कार्की अस्पताल पुग्दा स्वास्थ्य अवस्था नाजुक भएको सबैले अनुमान लगाए । तिनै गर्भवती कार्की बाजुराबाट सुत्केरी हुन अस्पताल आएको खबर सुन्दा स्वास्थ्यकर्मी चिन्तित भए ।

बर्दिया अस्पताल पुग्ने बित्तिकै तत्काल गर्भवतिको हेरचाहमा चिकित्सक खटिए । अन डिउटीमा रहेका डाक्टर सुभाष पान्डे, केशब चौधरी, बिजय उपाध्याय लगायतको टोलीले गर्भवती कार्कीको उपचारमा संलग्न भए ।  

१२ बजे जिल्ला अस्पताल पुगेकी कार्कीको सफल शल्य क्रिया गर्न चिकित्सक सफल भए । अस्पताल पुगेको एक घन्टा भित्रै श्रीमान धनराज कार्कीलाई सुखद समाचार चिकित्सकले सुनाए । तपाईको छोरी तीन केजी कि छन् । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।

बच्चा र आमाको स्वास्थ्य स्थिति समान्य रहेको सुन्दा पति कार्कीले अस्पतालमै खुसीका आसु झारे । तीन दिन अघि देखि पत्निलाई व्यथाले च्यापेको कार्की बताउँछन् । ‘तीन दिन अघि व्यथाले च्यापेको थियो,’ उनले भने, ‘स्वास्थ्य चौकीमा रहेका चिकित्सकले बिदा गरेपछि बच्चा र आमा  बचाउँन प्लेन चार्टड गर्न पर्यो ।’ बुढीनन्दाबाट सदरमुकाम पैदल पुग्न २४ घन्टा लाग्छ । उनका अनुसार पीडित परिवारलाई बर्खाको बेला मार्तडी पुग्न नसक्ने भएपछि प्लेन चार्टडको बिकल्प भएन ।  

नेपालगंजबाट कोल्टी पुगेको सिम्रिक एयरको प्लेनबाट नेपालगंज विमानस्थल कार्की परिवार ओर्लीए । ‘नेपालगंज विमान स्थलबाट सिधै भेरी अञ्चल अस्पताल पुगे,’ उनले भने, ‘गर्भवती पत्नि लाई भर्ना लिन स्वास्थ्यकर्मी ठाडै ईन्कार गरे ।’ अस्पताल फिर्ता पठाउँदा वाच्ने र मर्ने दोसाधमा रहिकी लक्ष्मी बचाउँने करिब करिब आशा मरिसकेको पति बताउँछन् । ‘अस्पतलले भर्ना लिन नमानेपछि होस र चित्त त्यहि उड्यो,’उनले पीडा पोखे ।

समस्याका बेला कार्कीले गाउँकै बर्दिया जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हर्ष तिरुवालाई सम्झे । अब के गर्ने सल्लाहा लिन तिरुवासँग फोन गरेका उनले बर्दिया अस्पताल आउँन आग्रह गरे । अस्पतालमा राम्रो उपचार हुने भनेपछि बर्दिया जिल्ला अस्पताल पुगेको उनी बताउँछन् । तिरुवा सँगको सम्र्पक भएका कारण समयमै अस्पताल पुराउँन सकिएको उनले बताए । उनका अनुसार भेरी अञ्चल अस्पतालले भर्ना नलिएपछि गर्भवती बर्दिया अस्पताल ल्याउन प्रहरी सहायक निरीक्षक तिरुवा सुझाएका थिए ।

जोखिम अवस्थामा पुगेकी सुत्केरी बच्चा र आमा ज्यान जोगाउँन सकिएको मेडिकल सुपरिटेन्डेन्ट सुभाष पान्डेले बताए । ‘अहिले बर्दिया जिल्ला रिफरल सेन्टर जस्तै बनेको छ,’ उनले भने, ‘कोभिड १९ को संक्रमण बढेपछि छेउँछाउँ जिल्लाबाट सुत्केरी गराउँन आएपनि सुदुर पहाडी जिल्ला बाट आएको पहिलो घटना हो ।’

बच्चाले दिशा खाईसकेकाले शल्यक्रिया जटिल भएको उनले सुनाए । ‘गर्भवतीले कुनै जाँच नगराएको अवस्थामा अस्पताल पुग्नु भएको थियो,’उनले भने,‘अस्पताल रहेको पुरै जनशक्ति प्रयोग गरेर सफल शल्यक्रिया हुन सक्यो ।’

‘सुत्केरी गराउँन प्लेन चार्टर्ड गरेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर,सुदुर पहाडका जटिल उपचारका लागि सर्वसाधरणलाई भने प्लेन चार्टर्डको बिकल्प छैन,’ कार्कीले भने, ‘मेरा लागी अस्पताल डाक्टर भगवान जस्तै बने, जसले कारण मेरो पत्नी र वच्चाले पुर्न जिवन पाए ।’  

दुरदराजमा बिशेषज्ञ चिकित्सकको नहुँदा बेलैमा उपचार नपाउँदा धेरै ज्यान गुमाउँन परेको कार्की स्मरण गर्छन । कोभिड १९ को संक्रममणपछि सुत्केरी गराउँनका लागि अस्पताल आउँने गरेको अस्पतालका अध्यक्ष अंगत श्रेष्ठले बताए । ‘संक्रमणको अवस्थामा जुन सुकै बेला बर्दिया अस्पतालमा चिकित्सक सेवा उपलब्ध छ, ’उनले भने,‘चिकित्सकको सेवा अब्बल भएकाले छिमेकि जिल्लाका बिरामी र सुत्केरीको पहिलो रोजाईमा अस्पताल परेको हो ।’ सामुहिक डाक्टर पहलमा नाजुक अवस्थामा रहेकी गर्भवती सफल शल्यक्रियापछि सुत्केरीले अस्पातलको सकारात्क सन्देश जाने उनी बताउँछन् ।

प्रकाशित: ९ भाद्र २०७७ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App