अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय तोकिएका एक जनालाई सात वर्षपछि सुनसरी प्रहरीले पक्राउ गरेको छ। साविक नरसिंह वडा नं. ४ (हालको भोक्राहा नरसिंह) का ३७ वर्षे बुदर भन्ने विदुर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादवसहितको समूहले २०६५ चैत २० गते रातको ११ः४५ बजे इनरुवा वडा नं. ३ का ५८ वर्षे खिलानाथ ढकाललाई अपहरण गरी शरीर बन्धक बनाएएर राखेका थिए । बाबुलाई अपहरण गरि शरीर बन्धक बनाएर राखेकोमा खिलानाथका छोरा राजुले जाहेरी दिएर उक्त मुद्धा अनुसन्धान पश्चात सुनसरी जिल्ला अदालत इनरुवामा दर्ता भएर ११ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला गरिएको थियो ।
अदालतले २०७० असोज ६ गते गरेको फैसला अनुसार पक्राउ परेका यादवलाई सोझै अदालतमा बुझाइएको थियो । त्यसपछि अदालतकै आदेशमा कैद भुक्तानका लागि झुम्का कारागार पठाएको जानकारी दिइयो ।
प्रकाशित: ८ भाद्र २०७७ १२:२८ सोमबार





