coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजस्व अनुसन्धान कार्यालय पथलैयाको कागजपत्र अख्तियारको नियन्त्रणमा

बजार पठाउन लागिएको चिनी ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा मंगलबार छापा मारेर बजार पठाउन लागेको चिनी र त्यस सम्बन्धी कागजपत्र नियन्यत्रणमा लिएको छ। अख्तियारको सूचना अधिकारी शिवराज रेग्मीको नेतृत्वमा आएको टोलीले म्याद गुज्रेको अशंका गरिएको चिनीलाई राजस्व अनुसन्धान कार्यालयबाट बजारमा पठाउन ट्रकमा लोड गरिरहरेको अवस्थामा त्यस सम्बन्धी कागजपत्र नियन्त्रणमा लिनुको साथै चिनीलाई गोदाममा राखेर शिलबन्दी गरेका हो।

एउटै चिनीको विषयमा जलेश्वर खाद्य क्वारेन्टिनको परीक्षणबाट खान अयोग्य र खाद्य तथा गुण नियन्त्रण विभागबाट खान योग्य प्रमाणित गरिएपछि सोही विषयमा अनुसन्धान गर्न  राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट त्यस सम्बन्धी प्रमाणहरु संकलन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख बाबुराम खतिवडाले बताएका छन्।

तीन महिना पहिला भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा उत्पादन गरिएको चिनीलाई महोत्तरीको जलेश्वर नाकाबाट जाँच पास गरेर नेपाल भित्र्याइएको थियो।  

फागुन अन्तिम हप्तामा जलेश्वरको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले नेपाल भित्रिएको चिनीको लिइएको नमुनाको विश्लेषण गरी चिनी खाना अयोग्य रहेको प्रतिवेदन जलेश्वर भन्सार कार्यालयलाई पठाएको राजश्व अनुसन्धान कार्यालयल पथलैयाले जनाएको छ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयलेबाट चिनी खाना अयोग्य रहेको थाहा पाएपछि त्यसको अनुसन्धान गर्न चिनी लोड गरेको ट्रकहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैयाले आफ्नो नियन्त्रणमा लिइएको थियो।

आयातकर्ता कम्पनीले वीरगन्ज, नेपालगन्ज र भैरहवा नाका प्रयोग नगरी लामो दूरीका कारण अत्यधिक खर्चिलो बाटो महोत्तरीको जलेश्वर नाका प्रयोग गरी उक्त चिनीको जाँच पास गरेको थियो।  

बजार मूल्य ६४ लाखको हाराहारीमा पर्ने ७२ हजार किलो चिनीलाई काठमाडौंको कागेश्वर मनोहरा नगरपालिकास्थित अनुस्का मल्टिप्रपोज कम्पनी प्राइभेट लिमिटेडले भारतको सिम्भावली सुगर लिमिटेडबाट आयात गरेको प्रज्ञापनपत्र उल्लेख गरिएको छ । खाद्य तथा गुण नियन्त्रण विभाग, राजस्व अनुसन्धान कार्यालय, खाद्य परीक्षण विभाग र स्थानीय प्रशासनसहितको मिलेमतोमा चिनी खानयोग्न प्रमाणित गरिएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको बताइएको छ।

चिनीको बोरामध्ये कुनैमा म्याद उल्लेख नभएको, कुनैमा २०१८/२०१९ उल्लेख भएको र कुनै बोरामा आफैँले कलमले लेखेको उल्लेख छ। साथै, सन् २०१८ मार्चमा प्याकेजिङ गरिएको उक्त चिनीको उपभोग गर्ने म्याद २४ महिना मात्र भएको उल्लेख गरिएको छ।  

चिनीको बोरामा दिएको समय अनुसार नेपाल भित्रिनु भन्दा एक पहिना पहिला नै त्यसको उपभोग्य म्याद गुज्रेको देखिन्छ। अहिले खाद्य तथा गुण नियन्त्रण विभागले झण्डै ३ महिनापछि गुणस्तरहीन चिनीलाई गुणस्तरयुक्त प्रमाणित गरेको पत्र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको थियो।

खाद्य तथा गुण नियन्त्रण विभागले दिएको पत्रको बहानामा राजस्व अनुसन्धान कार्यालय पथलैयाले उक्त चिनीलाई आयातकर्ताको मिलोमतोमा बजार पठाउन लागेको थियो।

प्रकाशित: २७ जेष्ठ २०७७ १६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App