१६ चैत्र २०८० शुक्रबार
समाज

जातीय विभेदविरुद्घ बुटवलमा विरोध प्रदर्शन

रुपन्देही पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारविरुद्ध बुधबार बुटवलमा दलित तथा गैरदलित समुदायले संयुक्त प्रदर्शन गरेका छन् । छुवाछुतमुक्त राष्ट्र घोषणा भएको र जातका आधारमा गरिने भेदभावलाई कानुनी रूपमासमेत निषेध गरेको अवस्थामा जातीयताकै कारण सामूहिक रूपमा नरसंहार हुँदा यसले मानव समुदायलाई नै लज्जित बनाएको भन्दै बुटवलमा स्वतः स्फूर्त दलित तथा गैरदलित समुदायले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।  

जाजरकोटका नवराज विकले अन्तरजातीय प्रेम गरेकै कारण सिंगो गाउँ नै उत्रिएर उनीसहित उनका अन्य साथीको समेत हत्या भएकाले यो मानव सभ्यताकै कलंक भएकाले घटनामा संलग्नलाई निष्पक्ष छानबिन गर्न विरोध प्रदर्शनबाट माग गरिएको छ । आ–आफ्नै घरबाट प्लेकार्ड बोकेर मानिसहरु बुटवल पुष्पलालपार्कमा भेला भएका थिए ।

प्रकाशित: १४ जेष्ठ २०७७ २०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App