१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

चट्याङ लागेका धनबहादुरको ८ घण्टापछि उद्धार

जुम्लाको गुठीचौर गाउँपालिका-५ धौलीगाडको ठूलो हाँका पाटनमा चट्याङ लागेर घाइते भएका धनबहादुर रावतको उद्धार गरिएको छ।

सिँजा गाउँपालिका-६ भाडगाँउका धनबहादुर रावतको ८ घण्टापछि उद्धार गरिएको हो।

सोमबार बेलुका ८ बजे जिल्ला सदरमुकाम खलंगादेखि हिँडेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बिहान ५ बजे घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीले प्रहरी टोली घटनास्थलमा पुगेपछि उनलाई स्टेचरमा राखेर सदरमुकामतर्फ ल्याइँदै गरेको बताए। फोन नलाग्ने भएका कारण अरु विवरणहरू आउन नसकेको उनले बताए।  

सोमबार दिउँसो साढे ४ बजे पाटनमा चरिरहेका भेडाको बथानको बिचमै चट्याङ परेको थियो । चट्याङले २ सय बढी भेडा मरेको अनुमान गरिएको छ। 

प्रकाशित: २४ असार २०८२ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App