२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सुर्खेत विमानस्थल दुई दिन बन्द रहने

कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थल दुई दिन बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण सुर्खेत कार्यालयका अनुसार मंगलबार र बुधबार विमानस्थल पूर्णरुपमा बन्द रहनेछ ।

रन–वेको ०.२ तर्फको साइटमा कालोपत्रे चर्किन थालेकाले मर्मतका लागि दुई दिन विमानस्थल बन्द गर्न लागिएको सुर्खेत विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए । ‘०.२ तर्फको रन–वे पटक–पटक चर्किन थालेपछि मर्मत गर्दै विमानस्थल सञ्चालन गर्दै आइरहेका थियौं,’ उनले भने, ‘वर्खाको समय आएकाले चर्किने समस्यालाई दीगो रुपमा समाधान गर्न दुई दिन विमानस्थल बन्द गर्ने निर्णय गरेका हौं ।’

उनले विमानस्थल मर्मतका लागि निर्माण सामग्रीहरु साइटमा आइसकेकाले दुई दिनभित्रै काम सम्पन्न गर्ने गरेर तयारी थालिएको बताए । 

प्रकाशित: ५ जेष्ठ २०८२ १९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App