७ वैशाख २०८१ शुक्रबार
समाज

खाली हुँदै डोल्पाका विद्यालय

यार्सागुम्बा संकलनका लागि डोल्पाका हिमाली पाटनतिर लाग्दै यार्सा संकलकहरु। तस्बिर : नागरिक

त्रिपुराकोट – बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्ने सिजन सुरुभएसँगै हिमाली जिल्ला डोल्पाका अधिकत्तर विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएका छन्।

यस वर्ष जेठ १ गते भित्रै यार्सागुम्बा पाटनहरू खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थी यार्सागुम्बा संकलनका लागि पूर्वतयारीमा जुट्न थालेपछि डोल्पाका विद्यालयहरूमा विद्यार्थी दिनप्रतिदिन घट्दै गएका हुन्।

नियमित कक्षा छाडेर विद्यार्थीयार्सागुम्बा टिप्नधमाधम उच्च हिमाली पाटनहरूजान थालेकाले तल्लो डोल्पाका अधिकत्तर विद्यालयहरूमा विद्यार्थी घट्दै गएका छन्।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यामिक विद्यालय नर्कुका प्रधानाध्यापक दिपक गुरूङका अनुसार धेरैजसो विद्यार्थी यार्सागुम्बा संकलनकालागि पाटनतिर लागिसकेका छन्,एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरूअहिले खाली हुँदै गएका छन्।

धेरै विद्यार्थी पाटनतिर लागिसकेको र भएका विद्यार्थीपनि यार्सागुम्बा टिप्ने तयारीमा जुटेपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको प्रधानाध्यापक गुरूङले बताए।
त्यस्तै मध्य डोल्पाका धेरैजसो आधारभूत र माध्यमिक विद्यालयमा पनि विद्यार्थी कम हुँदै गएका छन्।

त्रिपुराकोट माध्यमिक पिद्यालय मद्दुका आधारभूत र माध्यमिक तहका कक्षाहरूमा पनि दश प्रतिशतजति विद्यार्थी घटेको विद्यालयले जनाएको छ। विद्यार्थी संख्या घट्दै गएपनि पठनपाठनभने जारी राखिएकोशिक्षक शोभाकान्त पौडेलले जानकारी दिए।

सदरमुकाममा रहेको सरस्वती मावि दुनै र आदर्श मावि जुफालमा भने विद्यार्थी घटेका छैनन्। सरस्वती माविमा पहिलो त्रैमासिक परीक्षाको तयारी भइरहेकाले पनि विद्यार्थीनघटेको प्रधानाध्यापक सत्यनारायण सिंहको भनाइ छ।

यस्तै आदर्श माविका प्रधानाध्यापक पूर्णबहादुर डाँगीले पनि जेठ २ गतेदेखि पहिलो त्रैमासिक परीक्षा राखिएकाले यार्सागुम्बाका लागि विद्यार्थी नघटेको बताए।

जेठ पहिलो सातादेखि भने सबै विद्यार्थीयार्सागुम्बा संकलनकालागि पाटनतिर जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्दहुनेगर्छन्।

प्रत्येक वर्ष जेठदेखि असारसम्म एक महिना चल्ने यार्सा सिजन डोल्पाली विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत मानिँदै आएको छ।

जनप्रभा मावि लिकुमा यार्सागुम्बा सिजन सुरुभएपछि पहिलेको तुलनामा विद्यार्थी कम हुँदै गएको शिक्षक भगिरथ भट्टले जानकारी दिए।

यार्सागुम्बा संकलन गरेरै डोल्पाली विद्यार्थीले वर्षभरिको पढाइ खर्च जुटाउनेभएकाले पनि प्रत्येक वर्षको यार्सागुम्बा सिजन उनीहरूका लागि विशेष हुने गरेको छ। 

बिगतका वर्षहरुमा जेठको दोश्रो साताबाट खुला गरिदै आएका डोल्पाका यार्सागुम्बायुक्त हिमपाटनहरु यो वर्ष भने जेठ १ गतेबाटै खुला गरिने भएका छन्।

बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि डोल्पालीमात्र होइन, छिमेकी जिल्लाहरू जाजरकोट, जुम्लालगायत सुर्खेत, दैलेख बाँके र रामेछापबाट समेत डोल्पाका पाटनहरूमा आउने क्रम सुरु भएको छ।

शैक्षिक पात्रोमा यार्सासिजनमा औपचारिक विदा उल्लेख गरिएको नभए पनि डोल्पाका विद्यालयहरूमा यार्सागुम्बा सिजनमा धेरै विद्यार्थी यार्सागुम्बा लिन जाने भएकाले यहाँका विद्यालयहरू अघोषित रूपमा बन्द हुने गरेका छन्।

प्रकाशित: १८ वैशाख २०७५ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App