४ वैशाख २०८२ बिहीबार
image/svg+xml ०:५७ पूर्वाह्न
समाज

प्रहरीको घेरामा दुर्गा प्रसाई

राजावादी समूहको आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं प्रहरीको घेरामा छन्।

दुर्गा प्रसाईं समर्थित एक गाडीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि स्थिति तनाबपूर्ण बनेको थियो। त्यसपछि उनी प्रहरी घेरामा परेका हुन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज र पानीको फोहोरा पनि हानेको थियो।

प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए।राजावादीहरूले प्रहरीलाई ढुङ्गा हानेका छन्। अहिले तीनकुने क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। 

प्रकाशित: १५ चैत्र २०८१ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App