माछा मार्ने क्रममा तिला नदीमा शनिबारदेखि बेपत्ता भएका तिलागुफा-४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ।
प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो।
शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताए ।
२४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला ९पासो० थापेका थिए । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार बिहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका स्थानीयको भनाइ छ।
प्रकाशित: ४ फाल्गुन २०८१ १५:१८ आइतबार