११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अब संघर्ष गर्ने समय आयो, क्रूरता सहँदैनौं: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन गम्भीर चुनौती रहेको बताएका छन्।

राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्व राजनीतिमा व्यापक असन्तुलन देखिएको उल्लेख गर्दै नेपालमा पनि त्यसको प्रभाव परिरहेको बताए।

‘‘राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिरहेको छ, विचार अभिव्यक्तिका आधारमा सर्वसाधारणलाई पक्राउ गरेर थुनिँदैछ,’’ लोहनीले आरोप लगाए। उनले राप्रपा राज्यको यस्तो ‘क्रूरता’ चुपचाप सहेर नबस्ने स्पष्ट पारे।

उनले संघर्ष शान्तिपूर्ण मात्र नभई हिंस्रक रूप लिने सम्भावना पनि संकेत गरे। ‘‘इतिहासमा रामचन्द्रले रावणको अत्याचार अन्त्य गर्न अन्ततः हिंस्रक मार्ग अपनाएका थिए, राप्रपाको आन्दोलन पनि जुनसुकै स्तरमा पुगे पनि सफल बनाइनेछ,’’ उनको भनाइ थियो।

डा. लोहनीले नेपाली जनताको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था अपरिहार्य रहेको जिकिर गर्दै संवैधानिक राजसंस्थाको पुनःस्थापनाका लागि संघर्ष अपरिहार्य भएको धारणा व्यक्त गरे।

उनले भने, ‘‘अब संघर्ष गर्ने समय आइसकेको छ। सत्य बोल्नेहरूलाई थुन्ने, हत्या गर्ने प्रवृत्तिको अन्त्य आवश्यक छ। हामी शान्तिपूर्ण संघर्षमा अग्रसर हुन्छौं, तर त्यसलाई कमजोरी नठानियोस्। अत्याचार सहेर राप्रपा चुप लागेर बस्दैन।’

राजसंस्था नेपालीहरूको एकता र मनोबलको प्रतीक भएकाले परम्परागत संरचना जोगाउँदै संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्नुपर्ने उनको तर्क थियो। 

प्रकाशित: २७ चैत्र २०८१ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App