१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पुनः बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) दिउँसो १ः०० बजे पुनः बस्ने भएको छ।

बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए।

बैठकमा अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको र क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशनको प्रस्ताव रहेको बताइएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको थियो।

प्रकाशित: ११ पुस २०८२ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App