सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि पोखराबाट चितवन ल्याइएको छ। कास्की प्रहरीको हिरासतमा रहेका छविलाई हवाई मार्गबाट चितवन ल्याइएको हो।
साहारा सहकारीको रकम अपचलनमा समेत जोशी मुछिएपछि उनलाई बयानका लागि चितवन लगिएको प्रहरीले जनाएको छ। साहाराको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा जीबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरी परेको थियो। सो मुद्दामा रवि लामिछानेविरुद्ध पनि किटानी जाहेरी दर्ता भएको छ। काठमाडौंको बयान सकेपछि रविलाई पनि चितवन लैजाने प्रहरीको तयारी छ।
प्रकाशित: १६ मंसिर २०८१ १२:५३ आइतबार