चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।
बुधबार सहकारी पीडितले रवि छबिसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन्।
सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएको जानकारी दिए।
यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पूरक अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, 'सहकारी पीडितहरू जाहेरी लिएर आउनुभएको थियो। पूरक जाहेरीको विषयमा अनुसन्धान भइरहेको छ।'
यसअघि साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो।
प्रकाशित: ५ मंसिर २०८१ १६:२३ बुधबार