१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

छतबाट खसेर वृद्धाको मृत्यु

बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो।

शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी हुन्। छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए। चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। रासस

प्रकाशित: ३ माघ २०८२ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App