३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता नारायण खड्काको अनुरोध

नेपाली कांग्रेसका नेता नारायण खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस भएको आफ्नो नाम हटाउन कांग्रेस पार्टी कार्यालयलाई अनुरोध गरेका छन्।

उनले नेपाली कांग्रेस केन्द्रीय कार्यलय, सानेपाका मुख्य सचिवलाई सम्बोधन गरी निवेदन दिँदै यस्तो अनुरोध गरेका हुन्। उनको नाम कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रस्तावित गरेको थियो।

‘नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य २०८२ को लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाइ दिनु हुनको लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराइ दिनु हुन अनुरोध गर्दछु,’ खड्काले निवेदनमा भनेका छन्।

प्रकाशित: ३ माघ २०८२ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App