३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

निजामती सेवा सेवाग्राहीमैत्री हुनुपर्छ: मुख्यसचिव अर्याल

मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा प्रविधिमैत्री, सृजनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले निजामती प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतीहरू खडा भएको उल्लेख गरे ।

उनले बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामती सेवा प्रविधिमैत्री सृजनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताए । उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने कार्यमा निजामती सेवाको प्रमुख भुमिका रहेको बताए ।

उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखी जनताको सेवामा लाग्न कर्मचारीहरूलाई निर्देशन दिए । मुख्यसचिव अर्यालले सङ्घीय निजामती सेवा ऐनको अभावमा प्रशासनिक संघीयताले पूर्णता पाउन नसकिरहेको बताए  । 

प्रकाशित: २२ भाद्र २०८१ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App