३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

बलात्कार आरोपमा बैतडीका एक स्वास्थ्यकर्मी पक्राउ

बैतडीमा जवरजस्ती करणी(बलात्कार)को आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।  सिगास गाउँपालिका–२ का ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

धामीलाई एक ३१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए । धामी सिगास गाउँपालिकाकै एक स्वास्थ्य संस्थामा कार्यरत छन् । उनीमाथि बलात्कार आरोपमा जाहेरी परेपछि बुधबार पक्राउ गरेको डिएसपी गिरीले बताए ।  

यो घटनामा केहीदिन पहिला पीडित भनिएकी महिलाले स्वास्थ्यकर्मी धामीले आफूमाथि हातपात गरेको गाजरी प्रहरी चौकीमा निवेदन दिएको बताइएको छ । त्यो निवेदनमा स्थानीय र जनप्रतिनिधीहरूले छलफल गरेर विषयलाई सामसुम पारेका थिए ।  

तर, अहिले प्रहरीमा बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी छन् । पीडित युवतीले स्वास्थ्यकर्मी धामीले आफूलाई विभिन्न प्रलोभनमा पारेर पटक–पटक जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । जाहेरीकर्ता युवती अविवाहित र स्वास्थ्यकर्मी रहेकी बुझिएको छ। आरोपित धामी भने विवाहित हुन ।  

जाहेरीकर्ता युवतीकै जाहेरी निवेदनका आधारमा धामीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए । 

प्रकाशित: २० भाद्र २०८१ १४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App